You are viewing the translated version of समितिको काम, कर्तव्य र अधिकार.

Rule 14
समितिको काम, कर्तव्य र अधिकार
ऐनको दफा १३ बमोजिमका काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) जीवनाशक विषादीसँग सम्बन्धित सरोकारवाला निकायबीच समन्वय र सहकार्य गर्ने,

(ख) केन्द्रलाई आवश्यक सुझाव तथा निर्देशन दिने,

(ग) क्षतिपूर्ति निर्धारण समितिलाई आवश्यक सहयोग गर्ने,

(घ) जीवनाशक विषादीको परीक्षण प्रयोगशाला निर्माणको लागि आवश्यक कार्यक्रम, बजेट तथा जनशक्ति व्यवस्थापनको लागि सहजीकरण गर्ने,

(ङ) म्याद नाघेका, . प्रतिबन्धित, पञ्जीकरण नभएका र्‌: जफत गरिएका जीवनाशक विषादीको भण्डारण गृह निर्माण तथा विसर्जनको लागि नेपाल सरकारलाई आवश्यक सुझाव दिने,

(च) नियम: ३ को उपनियम (५) बमोजिमको अवस्थामा - सम्बन्धित संस्था वा निकायको अनुरोध भएमा आवश्यक जीवनाशक विषादी पञ्जीकरणका लागि सिफारिस गर्ने ।